Advertisement

मुख्यमन्त्री राउत र सांसद यादवद्वारा बाढी प्रभावित क्षेत्रमा स्थलगत अवलोकन

न्युजडेस्क
२०७७ श्रावण ७, बुधबार १७:५९

प्रदेश न.२ – मुख्यमंत्री लालबाबु राउत तथा सांसद प्रदिप यादवले लगातारको वर्षाको कारण नदी तथा खोलाहरूमा आएको बाढीले क्षती पुर्याएको ठाउहरूको स्थलगत अवलोकन गरेका छन ।

बाढी प्रभावित पर्सा निर्वाचन क्षेत्र न.१ को बेलवा, सोलखपुर, प्रसोतिपुर, लालपर्सा, परसवा लगायतका क्षेत्रहरुको स्थानीय प्रसाशनका प्रमुख सहित मुख्यमंत्री राउत र सांसद यादवले स्थलगत अवलोकन गरेका हुन ।

भेडाहा खोलामा वर्षेनी आउने बाढीले यस क्षेत्रमा ठुलो क्षती पुर्याउने गरेको स्थानीयले मुख्यमंत्री राउत समक्ष दुखेसो पोखेका थिए ।

स्थानीयको गुनासो सुन्दै मुख्यमंत्री राउतले बाढीले क्षती पुर्याएको स्थानीय व्यक्तीहरुलाई राहत उपलब्ध गराउने आश्वासन दिएका थिए ।

भेडाहा खोलाले प्रत्येक वर्ष यस क्षेत्रको हजारौ विघा खेती योग्य जमीन कटान गरेर बालीमा समेत ठुलो नोक्सानी पुर्याउने गरेकाले भेडाहा खोलाको बाढी नियन्त्रणको दिर्घकालिन उपायका बारेमा यथा सिघ्र कदम चाल्न मुख्यमंत्री राउतलाई सांसद यादवले आग्रह गरेका थिए ‌।

अनुगमनका क्रममा प्रतिनिधि सभा सदस्य माननीय प्रदीप यादव, प्रदेश सांसद जन्नत अंसारी, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख , सल्लाउद्दीन अहमद, तबरेज अहमद लगाएत स्थानीयको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर