जनकपुरधाम असोज १५ गते। धनुषाको औरही गाउँपालिका वाडा न ५ को मा. बि स्कुल कक्षा ८ का ३४ छात्रालाई प्रदेश सांसद रामअशिष यादव द्वारा साईकल वितरण गरेका छ्न।
जनता समाजवादी पार्टी नेपालका नेता प्रदेश सांसद रामअशिष यादवले प्रदेश सरकारको बेटी पढाउ र बेटी बचाउ अभियानले नारी सम्मानको साथै शिक्षा क्षेत्रमा सुधार भैरहेको कुरा बताउनुभएको छ।
धनुषाको औरही गाउँ पालिका स्थित मा बि औरही मा छात्रहरूलाई साईकल बितरण गर्ने क्रममा प्रदेश सांसद यादवले शिक्षा सुधार नभए सम्म देश र प्रदेशको समृद्धि हुन नसक्ने कुरा मा जोड दिनुभयो।
औरही गाउँ पालिकाको वार्ड नं ५ का वार्ड अध्यक्ष शिवनाथ साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला अध्यक्ष पशुपति यादव, उपाध्यक्ष अम्भु प्रसाद साह, नगर अध्यक्ष कमलदेव मंडल, प्राधानाध्यापक रामचन्द्र साह, शिक्षक अशोक यादव सहित का वक्ता हरुले शिक्षा सुधार सम्बन्धमा धारणा व्यक्त गरेका छन्।
सो कार्यक्रममा क ८ मा अध्ययनरत ३४ जना छात्राहरुलाई प्रदेश सरकार को बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत साईकल बितरण गरिएको छ।
कार्यक्रम मा जसपा का नेता हरु गोकुल मंडल,हबिब मन्सुरी, शंकर साह,राम चरित्र यादव, लालबहादुर यादव, देवनारायण दास, ललित साह, लक्ष्मी मुखिया, बिधार्थी नेता विकास यादव पुर्व अध्यक्ष रामचन्द्र साह सहित का उपस्थित रहेको थियो।
प्रतिक्रिया दिनुहोस्