Advertisement

जसपा विवाद : निर्वाचन आयोगको इजलासमा निवेदकको बहस जारी

न्युजडेस्क
२०७८ श्रावण ३, आईतवार १२:१०

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिता सम्बन्धी विवाद निरुपण गर्न निर्वाचन आयोगले गठन गरेको इजलास सुरु भएको छ । इजलासमा निवेदकको तर्फबाट बहस सुरु भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

जसपाको निर्वाचन आयोगमा बहस सकिएपछि आयोगले निर्णय सुनाउने छ । निर्वाचन आयोगका प्रवक्ता श्रेष्ठका अनुसार आयोगको निर्णय कहिले आउँछ भन्ने कुरा बहस कति लामो समयसम्म चल्छ भन्ने कुरामा भर पर्ने छ ।

जसपाको आधिकारिकता सम्बन्धी विवाद निरुपणका लागि गत असार २३ गते प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरिएको थियो । इजलासमा आयुक्तहरु छन् । यही इजलासले जसपाको नाम र निर्वाचन चिह्न कुन पक्षले पाउने भन्ने निर्णय लिने भएकाले यसलाई चासोका साथ हेरिएको छ ।

जसपाको उपेन्द्र–बाबुराम र महन्थ–राजेन्द्र पक्ष दुवैले आफूहरु आधिकारिक भएको दाबी गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर