Advertisement

डाक्टर विनय साह जनकपुर आउँदै

न्युजडेस्क
२०७८ पुष ११, आईतवार ११:४९

जनकपुरधाम । अमेरिकाका ख्यातीप्राप्त क्यान्सर रोग विशेषज्ञ डाक्टर विनय साह सोमवार जनकपुरधाम आउँदै छन् । उनी अमेरिकाका ख्यातीप्राप्त अस्पतालहरुमा क्यान्सर रोगीहरुको उपचार गर्दै आई रहेका छन् ।

सोमवार उनी जनकपुरधाम आएर यहाँका क्यान्सर रोगवाट पीडित भएका विरामीहरुको उपचार गर्ने जनाइएको छ । जनकपुरधामको कदम चोकमा रहेको विनयतारा क्यान्सर सेन्टरमा उनले क्यान्सर रोगीहरुको उपचार गर्ने अस्पतालले जनाएको छ ।

महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका घर भई हाल अमेरिकामा बस्दै आएका डा. साहले यहाँका क्यान्सर रोगीहरु बाहिर उपचार गराउन महँगो पर्ने भएकाले यहाँनै उनीहरुको उपचार न्युन खर्चमा कसरी गर्न सकिन्छ भन्ने सोचले जनकपुरधाममा विनयतारा क्यान्सर सेन्टर (अस्पताल) नै सञ्चालनमा ल्याएका छन् ।

उनी जनकपुरधाम लगायत यस आसपासका रोगीहरुले बाहिर उपचार गराउन जाँदा महँगो पर्ने तथा आफ्नो जिवनको लक्ष्यनै क्यान्सर रोगीहरुलाई सहजता प्रदान गर्ने भन्दै उनी समय–समयमा जनकपुरधाम आएर रोगीहरुको उपचारमा संलग्न हुने गरेका छन् ।
करिव दुई सप्ताह उनी जनकपुरधाममा क्यान्सर रोगीहरुको उपचार गर्ने उनको कार्यक्रम रहेको विनयतारा क्यान्सर सेन्टर (अस्पताल)ले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर