Advertisement

एसिड चुहिएर जनकपुर-जयनगर रेलको एक डिब्बामा आगलागी

न्युजडेस्क
२०७९ जेष्ठ १९, बिहीबार २२:०८

जनकपुरधाम – नेपालको एकमात्र जनकपुरधाम-जयनगर रेलको एउटा डिब्बा (​बोगी)मा आगलागी भएको छ । बिहीबार दिउँसो जयनगर स्टेसनबाट कुर्था आउने क्रममा एक रसायन पोखिएर रेलको एक बोगीमा आगलागी भएको नेपाल रेल्वे कम्पनीमा महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए ।उनकाअनुसार आगलागी तत्कालै नियन्त्रणमा लिइएको थियो । आगलागीबाट रेलमा सामान्य क्षति भएको उनले बताए ।


‘दुई महिला रसायन बोकेर रेलमा बसेका रहेछन्,’ उनले भने, ‘रेल चलेको केही क्षणमै उक्त रसायन अर्की एक महिलाको शरीरमा पोखिँदा आगलागी भएको हो ।’ उनकाअनुसार घटना पश्चात् प्रतिबन्धित केमिकल बोकेर जयनगरस्थित १ नम्बर गेटबाट रेलमा प्रवेश गरेकी दुई महिलालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई नेपाल प्रहरीको जिम्मा लगाएको उनले जानकारी दिए । 

तर भारतीय क्षेत्रमै रेल रहेका कारण भारतीय प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । महाप्रवन्धक झाले पक्राउ परेकाहरूलाई भारतीय प्रहरीले नेपाल प्रहरीलाई जिम्मा लगाएपछि उनीहरूमाथि अनुसन्धान अघि बढाइने बताए ।  अहिले रेल जनकपुरधाम आइसकेकोउनले बताए

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर