Advertisement
☰

दशैँको आठौं दिन : शक्तिपीठ तथा मठमन्दिरमा विधिपूजा मात्रै हुने

न्युजडेस्क
२०७७ कार्तिक ८, शनिबार ०७:२८

जनकपुरधाम – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज दुर्गाभवानीको विशेष पूजा गरी मनाइँदैछ ।

बडादशैँको आठौं दिन आज दशैँघर, कोतलगायत विभिन्न शक्तिपीठमा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा गरिन्छ ।

आजैका दिन राति कालरात्रि मनाइन्छ । कालरात्रिको पूजा विधि र सङ्कल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्व रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा. रामचन्द्र गौतमले बताउनुभयो ।

आजका दिन काठमाण्डौ उपत्यकाभित्रका शक्तिपीठ गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, बिजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, बज्रबाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाई लगायत मन्दिरमा पनि भीड लाग्ने गरेकामा यसवर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण विधिपूजा मात्रै हुनेछ ।

यस्तै नुवाकोटका जाल्पामाई र भैरवी, गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डडेलधुराको उग्रतारा, काभ्रेपलाञ्चोकका चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवतीलगायत देशभरका विभिन्न शक्तिपीठमा पनि यसवर्ष विधिपूजा मात्रै हुनेछ ।

महाष्टमीका दिन राति हनुमानढोकाको दशैंँघरमा हुने विशेष कालरात्रि पूजा यसपालि स्थगन गरिएको हनुमानढोका हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिनुभयो । आजको दिन कलपुर्जा, हातहतियार र गाडीलाई सरसफाइ गर्ने चलन छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर