जनकपुरधाम : नेपाल पत्रकार महासंघ धनुषाका पुर्व अध्यक्ष तथा स्वच्छता अभियानीको समेत परिचय बनाएका प्रदेश सांसद रामअशिष यादवको स्व. आमाबुबाको नाममा समाजिक एक प्रतिष्ठानको स्थापना गरिएको छ ।
शिक्षा, स्वास्थ्य, संस्कृती र पर्यावरण संरक्षण सहितका समाजिक काम गर्ने उद्देश्ययका साथ स्थापना गरिएको ‘रामलखन दौलतिया समाजिक प्रतिष्ठान’ जनकपुरधाम–१७ कनकपट्टीको जनता समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले शुभारम्भ गरेका छन् ।
प्रदेश सांसद यादवकी माता दौलतिया देवी यादवको ९५ वर्षको उमेरमा गत पुष १० गते स्र्वगारोहन भएको आज १२ औं दिनमा यादवको पैतृक घर कनकपट्टी पुगेका पुर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले प्रतिष्ठानको शुभारम्भ भएको घोषणा गरेका छन् । सो अवसरमा सहभागि करिव दुईसय जनालाई विभिन्न प्रजातीका फलफुलको विरुवा प्रदान गरि प्रतिष्ठानको शुभारम्भ गरिएको छ ।
अध्यक्ष यादवले भने, ‘शोकको यस घरिमा हामी एकै परिवार भएकाले शोक बाँडन आएको र शोकलाई शक्तिको रुपमा रुपान्तरण गर्न आएको बेला पवित्र उद्देश्यका साथ स्थापना गरिएको प्रतिष्ठानको शुभारम्भ गर्न पाँउदा गर्व लागेको समेत बताए ।’ उनले मृत आत्माको चिरशान्तिको कामना र शोकाकुल परिवारजनमा गहिरो समवेदना समेत प्रकट गरेका छन् ।
प्रदेश सांसद यादवको व्यक्तित्व, एउटा शिक्षक र पत्रकार देखि समाजिक स्वच्छता अभियानी भई जनताको प्रतिनिधी भइसकेको स्वच्छ र शिष्ठ रहेकाले उनले पवित्र उद्देश्यका साथ आफना पुज्यनिय मातापिताको स्मृतीमा स्थापना गरेको यस प्रतिष्ठानले उनको परिवारको गरिमा उच्च बनाउने गरि काम गरोस भन्ने शुभकामना समेत दिएका छन् ।
कार्यक्रममा प्रदेश २ का भुमिव्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह, आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादव, प्रदेश सांसद कौशल किशोर साह, पार्टीका धनुषा अध्यक्ष पशुपति यादव, पुर्व धनुषा सचिव शेषनारायण यादव, सहकारी अभियानी ध्रुबनारायण यादव, हरित अभियानी सुरेश शर्मा सहितको उपस्थिती थियो ।
प्रतिक्रिया दिनुहोस्