काठमाडौं । नेपाल पञ्चांग निर्णायक समितिले यो बडादसैँका विभिन्न साइतहरु निर्धारण गरेको छ । जसमा टीका लगाउने उत्तम साइत असोज २९ गते शुक्रबार १०:०२ बजे परेको छ ।
उक्त साइतमा टीका लगाउदा पूर्व फर्कनुपर्ने समितिले जनाएको छ । त्यस्तैरी आफन्त टाढा भएर उक्त साइतमै नभ्याउनेहरुले कोजाग्रत पूर्णिमासम्म दशैँको टीका लगाउन सक्नेछन् । त्यस्तै असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत परेको पञ्चाङ्ग निर्णयक समितिले जनाएको छ ।
घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ः४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ । असोज २२ गते शुक्रबार झन्डा फेर्ने साइत ११ः५६ बजे रहेको छ । उक्त दिन पश्चिम फर्केर झन्डा फेर्नुपर्ने समितिको सुझाव छ । असोज २५ गते सोमबार पचली भैरव यात्रा पछि त्यस्को भालिपलट असोज २६ गते मंगलबार फूलपाती परेको छ ।
त्यस्तै असोज २७ गते बुधबार महाअष्टमी, त्यसै राति कालरात्रिको पूजा गर्नु उत्तम साइत रहेको समितिले जनाएको छ । असोज २८ गते बिहीबार महानवमी पर्व परेको छ । घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई बिहान ८ः१९ बजे विसर्जन गरिने साइत हो ।
प्रतिक्रिया दिनुहोस्