Advertisement

सावित्राले गोल गरेपछि नेपालले टार्‍यो हार

न्युजडेस्क
२०८० असार २८, बिहीबार २२:३०


काठमाडौं । सावित्रा भण्डारीले इन्जुरी टाइममा गोल गरेपछि नेपालले अन्तर्राष्ट्रिय महिला मैत्रीपूर्ण फुटबल खेलमा बंगलादेशसँग हार टारेको छ ।

ढाकामा भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र बंगलादेशले १-१ को बराबरी खेलेका हुन् ।खेलमा घरेलु टोली बंगलादेशले कप्तान सबिना खातुनको गोलबाट ६५औं मिनेटमा अग्रता लिएको थियो ।बंगलादेश जिततर्फ अग्रसर भइरहेको बेला नेपालले बराबरी गोल फर्काएको हो । इन्जुरी टाइममा नेपालकी स्टार खेलाडी सावित्राले गोल गर्दै नेपालको हार टारिन् ।

गत वर्ष काठमाडौंमै भएको साफ महिला च्याम्पियनसिप फाइनलमा खेलेपछि नेपाल र बंगलादेशबीच पहिलो पटक खेल भएको हो ।
साफमा नेपाल फाइनलमा बंगलादेशसँग ३-१ ले पराजित भएको थियो । नेपाल र बंगलादेशबीच दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर