जनकपुरधाम । जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेशको प्रमुख सचेतक शैलेन्द्र प्रसाद यादवले एक कार्यक्रम बिच शिव मन्दिरको उद्घाटन गर्नु भएको छ।
धनुषा निर्वाचन क्षेत्र नं २ काे `क´ जनक नन्दनी गाँउपालिका वडा नं -१ इनर्वा टोल फुलवरियामा सचेतक यादवको संसदीय बिकास कोषबाट नवनिर्मित शिव मन्दिर निर्माणको कार्य सम्पन्न भएपछि उद्घाटन गर्नु भएको हो।
मन्दिर उद्घाटनको क्रममा स्थानीयहरु खुशी हुँदै उत्साहजनक सहभागिता जनाएका थिए । उक्त उद्घाटन कार्यक्रममा जसपा नेता अब्बदुलाह शेख लगायत स्थानीयहरुको सहभागिता थियो।
























