जनकपुरधाम,साउन,१२। जनता समाजवादी पार्टी नेपालले मधेस प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गर्न माग गर्दै धनुषा जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
जसपा नेपालले मधेश प्रदेशमा रहेका १३६ पालिका समिति तथा जिल्ला समन्वय समितिहरुले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिने अन्तरगत धनुषा जिला समन्वय समितिका अध्यक्ष पशुपति यादव द्वारा हस्ताक्षरित विभिन्न ७ बुदे माग राख्दै जिल्ला प्रशासन कार्यालय धनुषा मार्फत प्रधानमन्त्रीलाई ज्ञापन बुझाएको हो।
बिज्ञप्तीमा मधेस प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरि राहत उपलब्ध गराउनु पर्ने, समयमा मलखाद ब्यबस्थापन , किसानका ऋणको ब्याज मिनहा, सिचाइको ब्यवस्थापन ,सहुलियत डिजेलको उपलब्धता, कृषि बिद्युतिकरण लगायत कृषि मिटरमा विशेष छुटको ब्यबस्थापनको माग गर्दौ ज्ञापन दिइएको छ।
























