Advertisement
☰

सिरहाको मिर्चैयामा प्रेसर कुकर बम फेला

न्युजडेस्क
२०७७ माघ १०, शनिबार १०:५९

आज बिहानै सिरहाको मिर्चैया नगरपालिका ५ जिबाखोलाको पुलमा प्रेसरकुकर बम फेला परेको छ ।

शनिबार बिहान पुलमा प्रेसर कुकर बम भेटिएपछि डिस्पोजलका लागि चोहर्वास्थित श्री सेर गणबाट नेपाली सेनाको डिसपोजल टोली घटनास्थल तर्फ गइरहेको प्रहरीले जनाएको छ ।

बम कसले र के प्रायोजनको लागि लागि राखेको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी सिरहाका प्रवक्ता डिएसपी सालिग्राम शर्माका अनुसार अहिले पूर्वपश्चिम राजमार्गमा सवारी आवागमन बन्द गरिएको छ । 

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर