औरहि गा पा भादाे १३ गते। जनता समाजवादी पार्टी नेपालका समाजवादी नेता प्रदेश सांसद रामअशिष यादवले एक समारोहका औरही गाउँ पालिका को वार्ड नं 1 पाैडेशवर गाउँमा नवनिर्मित सामुदायिक भवनको समुद्घाटन गर्नुभएको छ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि प्रदेश सांसद यादवले जन्ती विधालयमा नराखी सामुदायिक भवनमा राख्ने उद्देश्यले सामुदायिक भवनको निर्माण गरिएको कुरा बताउनुभएको छ ।
प्रदेश सांसद रामअशिष यादवको संसदीय कोषबाट पाैडेशवर गाउँको उतर दिशामा रहेको प्रयोग विहिन खाल्टो भएको गहिरो जमिनमा 17 लाख रुपैयाँ को लागतमा आकर्षक सामुदायिक भवनको निर्माण गरिएको छ।
भवन निर्माणबाट जन्ती, प्रशिक्षण, निशुल्क ट्युसन सेन्टर सहित सामाजिक क्रियाकलाप गर्न सहयोग पुग्ने कुरा वार्ड अध्यक्ष प्रतियासी बिकाश यादव ले जानकारी दिए का छन्।
जसपाका युवा नेता राम जीवन यादवको अध्यक्षता मा सम्पन्न कार्यक्रममा
जसपाका जिल्ला उपाध्यक्ष अम्भु प्रसाद साह नगर अध्यक्ष कमलदेव मंडल, वार्ड नं ६ का वडा अध्यक्ष शंकर प्रसाद साह,
वडा अध्यक्ष सराेज मंडल।, महिला नेतृद्वय , बिन्दु यादव , युवा नेता हरु लालबहादुर यादव, रामबिहारी यादव सहित का वक्ता हरुले शुभकामना मन्तव्य व्यक्त गरेका छन्।
























