जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ बस्ने ६५ वर्षीया महिलाको कोरोना संक्रमीत भएर मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक ले जानकारी दिए ।
ती महिलालाई एकाएक ज्वरो लागेको र श्वास प्रश्वासमा कठिनाइ भएपछि शुक्रबार बिहान प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो ।
भर्ना गरिएकै दिन उनको स्वाब परीक्षणका लागि संकलन गरिएको थियो । शुक्रबार राति ८ बजेतिर कोरोनाको रिपोर्ट पोजेटिभ आएको र ति महिलामा उच्च रक्तचाप, मधुमेह र दम समेत देखिएको निमित्त निर्देशक झाले बताए ।
प्रतिक्रिया दिनुहोस्