Advertisement

लोसपाको युवा संघ अध्यक्षमा प्रशान्त झा

न्युजडेस्क
२०७८ माघ १९, बुधबार ०८:११

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)को भातृ संगठन यूवा संघ नेपाल धनुषा अध्यक्षमा प्रशान्त झा मनोनित भएका छन् ।

झालाई लोसपा जिल्ला अध्यक्ष परमेश्वर साहले आज यूवा संघ धनुषा अध्यक्षमा मनोनित गरेका हुन् । जनकपुरधाम उपमहानगरपालिका ४ घर भएका झा यूवामाझ चर्चित छन् ।

मधेस आन्दोलनमा सक्रिय भुमिका निर्वाह गरेका झा समाजसेवीको छवि बनाएका छन् । उनी यूवा संघ नेपालको जिल्ला अध्यक्षमा मनोनित भएमा लोसपाका नेताहरुले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर