जनकपुरधाम, भदौ २७ गते।जनता समाजवादी पार्टी नेपालका समाजवादी नेता प्रदेश सांसद रामअशिष यादवले ज्ञान र समृद्धिको मुल मन्त्र शिक्षा रहेको कुरा बताउनुभयो ।
धनुषा ,अौरही गाउँ पालिकाको श्री मा वि देउरीमा नवनिर्मित विधालय भवनको समुदघाटन गर्दै प्रमुख अतिथि प्रदेश सांसद यादवले जर्जर अवस्थामा रहेको सामुदायिक विद्यालयहरुको भौतिक पूर्वाधार विकास निर्माण नभए सम्म शिक्षामा सुधार हुन नसक्ने कुरामा जोड दिनुभयो।जनता समाजवादी पार्टी नेपालका समाजवादी नेता प्रदेश सांसद यादवको पहल र मधेश प्रदेश सरकार सामाजिक विकास मन्त्रालय को सहयोगमा ३० लाख रुपैयाँको लागतमा विधालय भवनको निर्माण गरिएको छ।
६६ वर्ष अघि स्थापित सो विद्यालयमा गुणस्तरीय शिक्षा को लागि भौतिक पूर्वाधार विकास हुनु अति आवश्यक रहेको कार्यलाई गम्भीरतापूर्वक ध्यान दिदै विधालय भवन निर्माणमा सार्थक सहयोग गर्ने प्रदेश सांसद यादवको शिक्षा सुधार अभियानलाई सबैले प्रशंसा गरिरहेका छन्।२०१२ सालमा स्थापित सो विद्यालयमा देउरी,परबाहा,भराख,भोईल र परनदेहिया सहितका गाउँ का १ हजार ४ सय बालबालिकाहरु कक्षा १ गते १२ कक्षा सम्म अध्ययन गरिरहेका कुरा प्राधानाध्यापक शशी सिंहले जानकारी दिएका छन।
सो कार्यक्रममा शिक्षा सुधार अभियानका दुत समेत रहेका जसपा जिल्ला उपाध्यक्ष अम्भुप्रसाद साह,नगर अध्यक्ष कमलदेव मंडल,समाजिक विकास एकाईका ई सरोज महतो, वाड अध्यक्ष शंकर साह,नेता उदय चन्द्र मिश्रा,विधालय संस्थापक देवचन्द्र यादव,शिक्षक नवल यादव,युवा नेता भरत यादव सहितका वक्ताहरूले शिक्षा सुधार सम्बन्धमा विचार व्यक्त गरेका छन।
























