Advertisement

औरही गाउँपालिका वाडा ५ का अध्यक्ष मण्डलले गरे पदभार ग्रहण 

न्युजडेस्क
२०७९ जेष्ठ १३, शुक्रबार २०:०२


आमिन राईन
जनकपुरधाम, जेठ १३ गते। धनुषाको औरही गाउपालिका वडा नम्बर ५ मा जनता समाजवादी पार्टी नेपालबाट नव निर्वाचित वडा अध्यक्ष सरोज कुमार मण्डलले शुक्रबार एक कार्यक्रम आयोजना गरी पदभार ग्रहण गरिएको छ।

जननिर्वाचित जनप्रतिनिधिहरुको पदभार ग्रहण तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जनता समाजवादी पार्टी नेपालका समाजवादी नेता प्रदेश सांसद रामअशिष यादवले स्थानीय सरकारले शिक्षा सुधार अभियानमा जोड दिनुपर्ने कुरा बताउनुभएको छ।

प्रदेश सांसद यादवले जननिर्वाचित जनप्रतिनिधिहरुले जनसेवक भएर आम नागरिकको सेवा गर्न सल्लाह दिनुभयो।

सो कार्यक्रममा औरही गाउँ पालिका का नवनिर्वाचित अध्यक्ष उमाशंकर साह, उपाध्यक्ष पुनम साह, जसपा जिल्ला उपाध्यक्ष अम्भु प्रसाद साह, नगर अध्यक्ष कमलदेव मंडल, वार्ड नं ६ का अध्यक्ष शंकर प्रसाद साह, प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार यादब सहित का वक्ता हरुले बोल्नु भएको थियो।

सो अवसरमा प्रदेश सांसद यादवले नवनिर्वाचित जनप्रतिनिधिहरु लाई सम्मान गरेका छन्।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर