जनकपुरधाम, पुस ८ गते । जनता समाजवादी पार्टी नेपालका समाजवादी नेता प्रदेश सांसद रामअशिष यादवले रक्तदान जीवन दान सन्देश दिदै रक्तदान गरेर रक्तदान कार्यक्रमको शुभारम्भ गरेका छन।
सानिमा बैंक को १८ अौं वार्षिकोत्सब को अवसरमा सानिमा बैंक जनकपुरधाम शाखाद्वारा अायोजित रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै प्रदेश सांसद यादवले रक्तदान गर्नु सर्वोत्तम सेवा रहेको कुरा बताउनुभयो ।
सानिमा बैंक जनकपुरधाम शाखाका प्रबन्धक अखिलेश यादवको संयोजन भएको रक्तदान कार्यक्रममा मेघा बैक जनकपुरधाम शाखाका प्रबन्धक गलेक यादव सहित सानिमा बैंक का कर्मचारीहरुले रक्तदान गरेका छन।
























