Advertisement

आफू पक्षका नेतासँग ओलीको छलफल सुरु

न्युजडेस्क
२०७७ पुष ६, सोमबार ११:१८

काठमाण्डाै –  प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पक्षका नेता तथा विघटित प्रतिनिधिसभाका सदस्यहरुसँग छलफल थाल्नु भएको छ । 

केहीबेर अघिदेखि प्रधानमन्त्री निकास बालुवाटारमा छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो ।

बैठकमा प्रतिनिधिसभा भङ्ग भएपछिको अवस्था र घोषणा गरिएको मध्यावधि चुनावको विषयमा  छलफल भइरहेको छ । ओली निकटका नेताले प्रतिनिधिसभा  विघटन गर्नु बाध्यात्मक परिस्थिति भन्दै आएका छन् ।

हिजो मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भङ्ग गर्दै आउँदो वैशाख १७  र २७ गते चुनावको घोषणा गर्नु भएको थियो।

 प्रतिनिधिसभा विघटन र मध्यावधि चुनावको विषयमा नेपाली कांग्रेससहित विपक्षी दल र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै असन्तुष्ट पक्षले आज छुट्टाछुट्टै छलफल गर्दै छन् ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर