Advertisement
☰

सिरहा: जितिया ब्रतालु महिलाको पोखरीमा डुबेर मृत्यु !

न्युजडेस्क
२०७७ भाद्र २६, शुक्रबार १०:३८

द प्रदेश टाइम्स / लहान । सिरहाको मिर्चैया नगरपालिका ९ स्थित कमलदह पोखरीमा डुबेर एक महिलाको मृत्यू भएको छ । मृतक महिलाको पहिचान भने खुल्न सकेका छैन ।

कमलदहमा महिला डुबेको अवस्थामा देखेपछि एक व्यक्तिले प्रहरीलाई खबर गरेको थियो । त्यसपछि ईलाका प्रहरी कार्यालयको टोली पुगेका छन् । अहिले शव पोष्टमार्टमका लागि लहान अस्पताल लग्ने तयारी प्रहरीले गरिरहेको छ ।

मृतक महिलाको शरिरमा चोट पटक देखिएको छैन । जितिया ब्रत बसेका कारण नुहाउन गएका बेला उनी डुबेको हुनसक्ने प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर