Advertisement
☰

धनुषाको रुपैठा मा फोटोको बिच लिएर हिन्दु मुस्लिम बिच झडप ।

न्युजडेस्क
२०७७ भाद्र २७, शनिबार १४:२६

द प्रदेश टाइम्स / धनुषा जनकपुर – २० रुपैठा मा समाजिक सन्जाल मा फोटो को बिषय लिएर हिन्दु मुस्लिम बिछ झडप भएको छ्।

रुपैठा का एक युवकले ‘दाहा’को फोटो सामाजिक संजालमा शेयर गरेको विषयमा विवाद चर्किदा झडप भएको हो । दुबै पक्षका व्यक्तिले एक अर्कातीर ढुङ्गामुढा गरेका छन् । ढुङ्गाले दर्जनौं ब्यक्तिलाई चोटपटक लागेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले स्थिति नियन्त्रणमा लिन प्रहरीले ७ राउण्ड अश्रु ग्यांस  प्रहार गरेका छन् । अहिले अबस्था सामान्य ‌रहेको र विवाद मिलाउन दुबै पक्षबीच छलफल भइरहेको उनले जानकारी दिए ।

उनका अनुसार एक व्यक्तिले मोहरम पर्व मनाउन मुस्लिम समुदायले बनाएको ‘दाहा’को तस्विर सामाजिक संजालमा अपशब्द प्रयोग गरी शेयर गरेकाले विवाद हुंदै आएको थियो । आज विवाद चर्किदा झडप भएको छ ।

अहिले घटनास्थलमा ठुलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर