Advertisement
☰

लागू औषध गाँजा सहित ट्रक पक्राउ

न्युजडेस्क
२०७७ भाद्र २८, आईतवार १३:०९

द प्रदेश टाइम्स
भाद्रो २८ गते / सर्लाही जिल्लाको पूर्वी ग्रामिण ईलाका हुदै लागू औषधको नेपालबाट भारत र भारतबाट नेपाल तर्फ ओसारपसार हुँदै आएको भन्ने सूचना प्राप्त भई सो सूचनाको बिश्लेषण गरी गरि लागू औषधि गाजा सहित ट्रक पक्राउ परेका छ्न।

मिति २०७७/०५/२७ गते रातीको समयमा यस जिल्ला प्रहरी कार्यालय सर्लाहीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरको कमाण्डमा खटिएको अनुगमन टोलीले अनुगमन गर्दै जाने क्रममा अ.२१:०७ बजेको समयमा जिल्ला सर्लाही पर्सा गा.पा.वडा न.५ डोमोवा टोलमा रहेको चिरान मिल स्थित सडकमा पुगी प्रहरी चौकी पर्सा सर्लाहीको टोली समेतलाई साथमा लिई रातीको समयमा एकान्त ठाउँमा आउँने जाने सवारी साधन तथा व्यक्तिहरुको चेकजाँच गर्ने क्रममा प्रहरी चेकिङलाई देखेर सुक्नाहा तर्फबाट पर्सा तर्फ आईरहेको ना.४ ख ७७४८ न.को १० चक्के ट्रक चालु अबस्थामा बाटोमा नै रोकी केही बेर ट्रक अगाडी नबढेको देखी शंका लागी उक्त ट्रक नजिक पुगी हेर्दा ट्रक चालक भागी फरार भई सकेको र ट्रकको ढाला चेकजाँच गर्दा ११ वटा लागू औषध गाँजाका पोकाहरु रहेको, सो मध्ये ९ वटा पोकामा प्रति पोका ३१ (एक्तीस)) के.जी. का दरले २७९ ( दुई सय उनानसी) के.जी. र २ वटा पोकामा १५ ( पन्ध्र) के.जी.को दरले ३० (तीस) के.जी. गरी कुल जम्मा ३०९ ( तीन सय नौ) के.जी. लागू औषध गाँजा र ना.४ ख ७७४८ न. ट्रक कानून बमोजिम बरामद गरी फरार रहेको ट्रक चालक लगायत लागू औषध गाँजा कारोबारमा संलग्न अन्य मानिसहरुको पहिचान तथा खोजतालस गर्ने लगायतको अन्य थप अनुसन्धान भई रहेको ।

जिल्ला प्रहरी कार्यालय सर्लाही का प्रहरी निरीक्षक राजु प्रसाद कुर्मीले जनकारी दिनुभयो !

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर