Advertisement
☰

जसपा द्वारा सांसद रेशम चौधरीलाई यथाशीघ्र रिहा गर्न माग

न्युजडेस्क
२०७७ भाद्र २८, आईतवार १९:५२

द प्रदेश टाइम्स                                                

२८ भाद्र / काठमाडौं । जेल जीवन बिताइरहेका प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीलाई यथाशीघ्र रिहा गर्न जनता समाजवादी पार्टी नेपालले माग गरेको छ ।

जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले आइतबार एक विज्ञप्ति जारी गरी सांसद चौधरीलाई रिहा गर्न माग गरेका हुन् ।

जसपाले सांसद चौधरी लगायतका नेता कार्यकर्ताहरु माथि सरकारद्वारा लगाइएका खारेजीको मागसमेत गरेका छन् ।

मधेश/थरुहट आन्दोलनमा सहभागी भएका केही नेता तथा कार्यकर्ताहरुमाथि सरकारद्वारा मुद्दा चलाउने, धन सम्पत्ति रोक्का गर्ने, थुनामा राख्ने कार्य अझैसम्म पनि जारी रहेको जसपा अध्यक्षद्वय ठाकुर र यादवले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर