Advertisement
☰

विश्वमै सबैभन्दा बढी समय प्रधानमन्त्री हुने खलिफा बिन सलमानको निधन

न्युजडेस्क
२०७७ कार्तिक २७, बिहीबार ०८:३६

काठमाण्डाै – बहराइनका प्रधानमन्त्री शेख खलिफा बिन सलमानको बुधबार ८४ वर्षको उमेरमा निधन भएको छ । बहराइनको सरकारी समाचार एजेन्सीले अमेरिकाको मेयो क्लिनिकमा उपचारका क्रममा उनको निधन भएको जनाएको हो ।

प्रधानमन्त्री खलिफाको निधनप्रति बहराइनका राजा हमाद बिन इसा अल खलिफाले दुःख व्यक्त गरेका छन् । 

प्रधानमन्त्री खलिफाको निधनपछि बहराइनमा एक हप्ताको लागि राजकीय शोक मनाउन राष्ट्रिय झण्डा आधा झुकाउन आदेश दिइएको छ । साथै सरकार मातहतका मन्त्रालय र विभागहरु तीन दिनसम्म बन्द रहने जनाइएको छ ।

अमेरिकाबाट पार्थिक शरीर आइपुगेपछि प्रधानमन्त्री सलमानको अन्त्येष्टि गरिने खबरमा उल्लेख छ । 

प्रधानमन्त्री खलिफा विश्वमै सबैभन्दा बढी समय प्रधानमन्त्री हुने व्यक्ति हुन् । बहराइन स्वतन्त्र हुनुभन्दा दुई वर्ष अगाडि सन् १९६९ देखि उनी प्रधानमन्त्री भएका थिए । 

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर