Advertisement
☰

रौतहटको पिसिआर मेशिन संचालन गरे मन्त्री साह

न्युजडेस्क
२०७७ आश्विन २, शुक्रबार २१:२४

आश्विन २, गौर ,रौतहट।
बिश्वब्यापी रुपमा फैलिएको कोरोना महामारीको प्रतिकार्यका लागि प्रदेश सरकारले पिसिआर टेस्टको दायरालाई बढाउन प्रदेशका आठै जिल्लामा अत्याधुनिक रियल टाईम पिसिआर मेशिन जडान गर्ने नीति अनुरुप आज एक समाहरोह बिच सामाजिक विकास मन्त्री नवल किशोर साहले उद्घाटन गरे लगतै सो सेवा संचालनमा आएको हो ।


गौर अस्पताल रौतहतमा जडान भएको उक्त मेशिनको उद्घाटन गर्नुहुदै मन्त्रि साहले आबश्यक जनशक्तिका साथै औजार उपकरणहरु प्रदेश सरकारले ब्यबस्था गर्ने बताउनुभयो ।


सो समाहरोहमा भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल कुमारी झा,भुमि ब्यबस्था कृषि तथा सहकारी मन्त्रि योगेन्द्र राय यादव, गौर नगरपालिकाका मेयर अजय गुप्ता, प्रमुख जिल्ला अधिकारि इन्द्रदेव यादव लगायतका उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर