Advertisement

धनुषा: गोली हानी हत्‍या गरेको आरोपमा एकजना पक्राउ

न्युजडेस्क
२०७८ चैत्र २५, शुक्रबार ११:५९

धनुषा। प्रहरीले युवकलाई गोली हानी हत्‍या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषा हंसपुर नगरपालिका ७ नौवाखोर बस्ने २० वर्षीय मनोज महरा रहेका छन् ।महराले चैत २३ गते साँझ ७ बजे घुम्‍न जाने बहानामा १८ वर्षीय विजय रामको गहुँ बारीमा हत्‍या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका जितेन्द्र कुमार बस्नेतले बताए ।अनुसन्धानका क्रममा पंकज मण्डलको सर्ट त्यहाँ भेटिएको मृतकका बुवाले सनाखत गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीमाथि महरालाई ज्यानसम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा म्याद थप गरि अन्य अनुसन्धान कार्य भईरहेको छ भने घटनामा संलग्न अन्य दुई जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर