Advertisement
☰

धानको न्युन्तम समर्थन मुल्य निर्धारण सम्बन्धमा प्रदेश र संघ सरकारबीच छलफल

न्युजडेस्क
२०७७ आश्विन ९, शुक्रबार १५:१५


जनकपुरधाम, असोज ९ । धानको न्युनतम समर्थन मुल्य निर्धारण सम्बन्धमा संघ र प्रदेश सरकार बीच छलफल सम्पन्न भएको छ ।


संघीय कृषि तथा पशुपक्षि विकास मन्त्री घनश्याम भुसालको उपस्थितिमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सम्पन्न छलफलले धानको न्युनतम मुल्य निर्धारण गरि सरकारी स्तरबाटै धान खरिद गर्ने गरि योजना निर्माणका लागि प्रदेश भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले १० दिन भित्र विस्तृत प्रस्ताव तयार गरि संघीय मन्त्रालयमा पेश गर्ने निर्णय गरेको छ ।
छलफलमा किसानले उचित मुल्य उपलब्ध गराउने ग्यारेन्टीका लागि विभिन्न मोडेलहरु माथि विचार विमर्ष भएको थियो ।


छलफलमा मुख्यमन्त्री लालबाबु राउत, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह, राज्यमन्त्री योगेन्द्र राय यादव, प्रमुख सचिव प्रह्लाद पोखरेल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर