Advertisement
☰

सिरहा: महिला हिंसाले पीडित यादव लाई न्याय पाउन राज्य मंत्री उषा यादवको सुझाव।

न्युजडेस्क
२०७७ आश्विन १४, बुधबार १९:०८

द प्रदेश टाइम्स / सिरहा जिल्ला नवराजपुर गाउपालिका वडा न. ५ कसुनी निवासी एक जना महिला लाई रुढीबादी परम्पराले यातना दिनुको साथै अभद्र व्यवहार गर्दा अस्पतालमा भर्ना प्रति राज्य मन्त्री यादवले आपती जनाएका छ्न।

नवराजपुर गाउपालिका ५ कसुनी निवासी ४५ वर्षीय मुर्ति देवी यादव लाई बोक्सीको आरोपमा मलमुत्र खुवाइ कुटपिट समेत गरेका छन्। पीडित यादव लाई यहि भदौ २९ गते यातना दिएका छन्।

उक्त घट्ना बारे प्रदेश २ कि अर्थ राज्य मंत्री उषा यादवले जिल्ला प्रहरी प्रमुख संग भेटघाट गरि पिडित लाई जसरी भए पनि दोषी को हो भने छानबिन गरि कडा भन्दा कडा कार्यवाही गर्न सुझाव दिएकी छिन्। आज २१औ सतावदीमा पनि यस्तो पुरानो परम्परा गत रुढीबादी सोचले ग्रसित भएर यस्तो घट्ना प्रती पुर्ण जिम्मेवारीका साथ प्रशासनले अगाडी बढ्नु पर्छ भने राज्य मंत्री यादवले सुझाएकी छिन्।

सिरहाका प्रहरी प्रमुखको भनाइ अनुसार दोषी हालको अवस्थामा नेपाल बाट इन्डिया फरार रहेको कुरा मंत्री यादव लाई बताए। इन्डियामा फरार रहेकोे छ, तर हामी त्यस्को लागि पनि पक्राउ गर्न प्रक्रिया अगाडी बढाइरहेको बताए।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर