धनुषामा ६ वर्षीय बालिकाको शव फेला परेको छ ।सोमबार बिहान्देखि हराइरहेको गणेशमान चारनाथ नगरपालिका– १० बरमझिया बस्ने बिरेन्द्र यादवका छोरि पृती यादवको शव घरबाट ५०० मिटरको दूरीमा रहेको बगैँचाको (इनार) मा सरेगलेको अवस्थामा फेला परेको ईलाका प्रहरी सबैलाले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक राजेश सिङेलले मृ-त्यु शंकास्पद रहेको र अनुसन्धान भइरहेको बताए । शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाउन तयारी भइरहेको बताए ।
























