Advertisement

सप्तरीको स्थानिय तहरूको बिकास मदिरा पसलमा
सप्तरी

न्युजडेस्क
२०७८ भाद्र ४, शुक्रबार २०:३४

जनकपुरधाम / स्थानीय सरकारका प्रायः जनप्रतिनिधिहरु र बहालवाला कर्मचारीहरु कानुन मिच्दै सरकारी गाडीको दुरुपयोग गर्न थालेका छ्न।नियमन निकाय चाहिँ बेखर भएका छ्न।सिंह दरबार गाउँ-गाउँमा आएसंगै जनताको सेवा गर्ने सेवकहरु छोटे राजाको शैलीमा प्रस्तुत भैरहेका छन।

हिजो बिहिवार बेलुका ती राजनहरु सेतो नम्बर प्लेट गाडी दुरुपयोग गर्दै हनुमाननगर पालिका अवस्थित इनरुवा चौकमा रहेको गोबिन्द मदिरा पसलमा मस्त रहेको थियो ।

सो मोटर साईकलहरू कहाँको हो खोजेपछि तिलाठी कोईलाडी गाउँपालिकाको कर्मचारीहरुको रहेको पुष्टि भएको थियो। स १ ब १३७९ र स १ब १३८३ नम्बरकाे मोटरसाईकल सूचना अधिकारी राजेश कुमार झा र कृषि शाखा प्रमुख उदयकान्त झा तथा इन्जिनियर भाष्कर सिंहको रहेको खुल्न गएको छ।

“सरकारी गाडीको दुरुपयोग भएको यो पहिलो पटक होइन , यस अघि पनि तिलाठी कोईलाडी अधिकारीहरु आफ्नो निजि कामको लागि सरकारी साधनको दुरुपयोग गरिरहेको जानकारी प्राप्त भएको थियो । उनिहरुलाई कुनै प्रतिबन्ध छैन । धेरै अधिकारीहरु सरकारी गाडी लिएर ब्यक्तिगत काम गर्छन् , उनिहरु निजि सवारी साधनको रुपमा सरकारी सवारी साधनको उपयोग गर्छन् र हिजो दुईवटा गाडी हनुमानगरको इनरुवा बजारको रक्सी भठिमा लगाएर अधिकारीहरु रक्सी खानमा ब्यस्त थियोे । सरकारी गाडीहरू आफ्नो निजि काममा प्रयोग गर्नु कानुनको सिधा उल्लंघन हो”स्थानीय बद्री प्रसाद यादवको भनाइ रहेको छ।

यसबारे सो पालिकाका सुचना अधिकारी राजेश कुमार झाको प्रतिक्रिया माग्दा उहाँले राहत बितरण पछि नास्ता खानलाई हामी सबैजना होटेलतिर लाग्योंँ।रक्सी भट्टीमा जानेसबै रक्सी खानेनै हुन्छ भने जरुरी छैन भन्नुभयो ।

यसरी सरकारी सवारी साधनको दुरुपयोग गर्ने जनप्रतिनिधि तथा कर्मचारीहरुलाई कार्वाही गर्ने निकाय किन बेखबर भयो ?जनताले आफ्नो पसिनाबाट तिरेको करबाट यसरी नै छोटे राजनहरुले मनपर्दी गर्दै भयो भने लोकतान्त्रिक गणतन्त्रको भविष्य के हुने हो?

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर