• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

लोकसेवाका अध्यक्ष भन्छन्– संक्रमितलाई परीक्षामा राख्न सक्दैनौं, तर उपाय छ !

२०७७ आश्विन २८, बुधबार ०९:५४

काठमाडौं । लोकसेवा आयोगले सञ्चालन गर्ने परीक्षामा नोवेल कोरोना भाइरस (कोभिड–१९) संक्रमितहरू सहभागी हुन नपाउने भएका छन् । आयोगले संक्रमितहरू परीक्षामा बस्न नपाउने मापदण्ड तयार पारेपछि यस्तो अवस्था आएको हो ।

आयोगको यो मापदण्डले संक्रमितमाथि अन्याय भएको कतिपयको टिप्पणी छ । संक्रमितहरूको मानवअधिकारप्रति संवेदनशील नभएको आरोप पनि आयोगमाथि लागेको छ ।

संक्रमितले परीक्षा दिन नपाउने मापदण्डले उनीहरुको मानव अधिकार हनन भएन र ? यस्तो प्रश्न राख्दा लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले रोचक जवाफ दिए । कात्तिक १८ देखि लोकसेवाको परीक्षा हुने भएकाले अहिले नै संक्रमित भएकाहरुलाई आत्मबल दह्रो बनाएर चाँडो निको हुन मैनालीले सुझाए ।

‘जसलाई संक्रमणै भएको छैन, तपाईंहरू कमसेकम हाम्रै लागि भए पनि कोरोनाबाट जोगिनुस्’ आयोगका अध्यक्षले भने, ‘कोरोनाका कारणले तपाईंको परीक्षा छुट्दा उमेश मैनाली खुशी हुनुपर्ने कुनै कारण छैन ।’

प्रस्तुत छ, लोकसेवा आयोगका अध्यक्ष मैनालीसँग अनलाइनखबरले गरेको संक्षिप्त कुराकानी :

लोकसेवा आयोग संवेदनशील नहुँदा कोरोना संक्रमितहरूको परीक्षा दिने अधिकार सुनिश्चित नहुने भयो होइन ?

आयोग संवेदनशील नभएको होइन, कुनै विकल्प नभएपछि यो निष्कर्षमा पुगेका हौं । यो निर्णय पर्याप्त छलफलपछि गरेका हौं । अहिलेको अवस्थामा हामी संक्रमितहरूको परीक्षा लिन सक्ने अवस्थामा छैनौं ।

उहाँहरूको परीक्षा लिनै नसकिने कारण के हो ?

पहिलो कुरा, कुनै पनि विद्यालयले संक्रमितलाई राखेर परीक्षा सञ्चालन गर्ने भनेपछि भवन दिन मान्दोरहेनछ । आज पनि सेनाका अधिकारीहरूसँग कुरा भयो । तर, परीक्षा हल उपलब्ध हुने सम्भावना देखिनँ ।

परीक्षामा कर्मचारी, सुरक्षाकर्मी खट्नुपर्ने हुन्छ । पीपीई नै लगाए पनि म जान्न भन्यो भने हामीले जबरजस्ती पठाउन सकिँदैन । जसरी पनि जानुपर्छ भन्दा परीक्षार्थीको जस्तै कर्मचारीको पनि मानवअधिकारको प्रश्न आउला ।

उत्तरपुस्तिकाबाट पनि कोरोना सर्ने सम्भावना रहन्छ । त्यसलाई निश्चित समयसम्म आइसोलेट गरेर राख्दा फेरि गोप्यताको प्रश्न आउन सक्छ । त्यसकारण, यो आयोगको रहर नभई बाध्यता हो भनेर बुझिदिनुपर्‍यो ।

कारण जे भए पनि लोकसेवा आयोग कठोर बनेको त हो नि ?

प्रहरी निरीक्षकको परीक्षा सञ्चालन गर्दा पीसीआर परीक्षण अनिवार्य गरिएको थियो । अन्य परीक्षाहरूमा पनि कोभिड–१९ संक्रमित नभएको रिर्पोट ल्याउनुपर्ने व्यवस्था गरिएका छन् । त्यतिबेला मिडियाले विरोध गरेको सुनिएन । तर, लोकसेवाकै परीक्षाको मात्रै चर्चा भइरहेको छ । हामीले पीसीआर परीक्षण अनिवार्य पनि भनेका छैनौं ।

यस्तो अवस्थामा लोकसेवाले लिने परीक्षा स्थगित गर्दा हुँदैन ?

कोरोना कहिलेसम्म नियन्त्रणमा आउँछ भन्ने कसैलाई पनि थाहा छैन । यो अनन्तकालसम्म पनि जान सक्छ । त्यसकारण, कोरोना नसकिँदासम्म स्थगन गर्ने भन्ने कुरा आउँदैन ।

फेरि, केही परीक्षार्थीलाई हेरेर स्थगन गर्दा त्योभन्दा ठूलो संख्या परीक्षा दिने अधिकारबाट बञ्चित हुन्छन् । यो वर्ष अन्तिमपटक परीक्षा दिँदै रहेछन् भने त उनीहरूको उमेर जान्छ । त्यसकारण, यसलाई एउटै कोणबाट मात्रै हेर्दा अपूरो हुन्छ जस्तो लाग्छ ।

संक्रमितलाई पुनः परीक्षाको व्यवस्था गर्न सकिन्छ कि ?

मानौं, हामीले कोरोना संक्रमितलाई पुनः परीक्षाको व्यवस्था गर्‍यौं रे । आवेदन दिने १०० प्रतिशतले परीक्षा दिन्छन् भन्ने ग्यारेन्टी छ ? छैन । किनभने, परीक्षा छुट्ने कारण कोरोना मात्रै छैन । अरु रोग, दुर्घटना आदिका कारण पनि परीक्षा छुट्न सक्छ । उहाँहरूलाई चाहिँ के गर्ने ?

त्यसकारण, कोरोना लाग्नेको मात्रै मानवअधिकार हुन्छ भन्ने हिसाबले लिइदिनुभएन । दोहोर्‍याएर भन्छु– विकल्प नभएपछि हामी यो मापदण्डमा जान बाध्य भएका हौं ।

आयोगको बाध्यता आफ्नो ठाउँमा होला, संक्रमितहरू परीक्षा दिने अधिकारबाट बञ्चित हुनु सही त होइन नि ?

पहिलो कुरा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको प्रोटोकलअनुसार संक्रमित व्यक्ति सार्वजनिक स्थानमा जानै पाउँदैन । मन्त्रालयका प्रवक्ताले पनि कडा कानूनी कारवाही हुन्छ भनिसक्नुभएको छ । संक्रामक रोगसम्बन्धी ऐनअनुसार पनि अरुलाई सर्न सक्ने सम्भावना हुँदाहुँदै बाहिर निस्कनु भन्न मिल्दैन ।

अब म तपाईंलाई व्यवहारिक उदाहरण दिन्छु –

लोकसेवाले लिने परीक्षा १८ कात्तिकबाट सुरु हुँदैछ । संक्रमितहरू दुई हप्तामा निको भइसक्ने भएको हुनाले त्यतिबेलासम्म उहाँहरूमा संक्रमण रहँदैन । गम्भीर संक्रमण छ भने दुई हप्तामा निको हुँदैन भन्ने म पनि मान्छु । तर, गम्भीर बिरामी छ भने परीक्षा दिन सक्ने अवस्थै रहँदैन होइन र ?

तर, परीक्षाको मुखमा संक्रमित भएकालाई के गर्ने त ? यो महामारीबाट परीक्षा दिने/नदिने सबै जोगिनु अति आवश्यक छ । त्यसमा पनि केही हप्ताभित्रै परीक्षा दिँदै हुनुहुन्छ भने विशेष सतर्कता अपनाउनुपर्‍यो ।

लोकसेवा आयोगको चाहना के हो भने जो–जो अहिले संक्रमित भइसक्नुभएको छ, आत्मबल दह्रो बनाएर तयारी गर्नुस्, परीक्षा सुरु हुनुभन्दा अगाडि नै निको भइसक्नु हुन्छ ।

जसलाई संक्रमणै भएको छैन, तपाईंहरू कमसेकम हाम्रै लागि भए पनि कोरोनाबाट जोगिनुस् । कोरोनाको कारणले तपाईंको परीक्षा छुट्दा उमेश मैनाली खुशी हुनुपर्ने कुनै कारण छैन ।

सम्बन्धित खवर

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील
प्रदेश विशेष

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

56 years पहिले
डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव
प्रदेश विशेष

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

56 years पहिले
पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश
प्रदेश विशेष

पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

56 years पहिले
लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र
प्रदेश विशेष

लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

56 years पहिले
‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने
प्रदेश विशेष

‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

56 years पहिले
शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव
प्रदेश विशेष

शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव

56 years पहिले

ताजा समाचार

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

56 years पहिले
डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

56 years पहिले
पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

56 years पहिले
लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

56 years पहिले
‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

56 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us