Advertisement
☰

फरार रहेको प्रतिवादी पक्राउ

न्युजडेस्क
२०७७ माघ १३, मंगलवार १९:०९

बाँके / चोरी मुद्दामा अदालतबाट कैद तथा जरिवाना भई फरार रहेका व्यक्तिहरु पक्राउ गर्ने अभियान अन्तरगत मिति २०७७।०७।२२ गते सम्मानित जिल्ला अदालत बाँकेबाट १ वर्ष ११ महिना ०३ दिन कैद र रु.२०,०००।- जरिवाना तोकिएको चोरी मुद्दामा फरार रहेको प्रतिवादी जिल्ला बाँके जानकी गा.पा.२ नेवाजी गाउँ बस्ने वर्ष ५१ को मातादिन कादुलाई आज मिति २०७७।१०।१३ गते पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्मानित जिल्ला अदालत बाँकेमा बुझाईएको छ।

बहु विवाह मुद्दामा अदालतबाट कैद तथा जरिवाना भई फरार रहेका व्यक्तिहरु पक्राउ गर्ने अभियान अन्तरगत मिति २०७७।०७।२० गते सम्मानित जिल्ला अदालत बाँकेबाट बहु विवाह मुद्दामा ११ महिना १२ दिन कैद सजाय तोकिएको हाल सम्म फरार रहेको प्रतिवादी जिल्ला बाँके खजुरा गा.पा.२ उदरापुर बस्ने वर्ष २१ की विना कुमारी खटिकलाई आज मिति २०७७।१०।१३ गते पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्मानित जिल्ला अदालत बाँकेमा बुझाईएको ।

फरार अभियुक्त पक्राउ गर्ने अभियान अन्तरगत हाल सम्म ५१२ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको छन भने केहि अभियुक्त स्वयम अदालतमा हाजिर छन केहि फरार अभियुक्त भारत तर्फ भागी गएको भन्ने बुझिएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर