Advertisement
☰

मैत्रीपूर्ण खेलका लागि ढाका पुगेको नेपाली फुटबल टिमका सबै खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ

न्युजडेस्क
२०७७ कार्तिक २२, शनिबार १९:५०

काठमाण्डाै – बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि ढाका पुगेको नेपाली राष्ट्रिय फुटबल टिमका सबै खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

ढाकामा हिजो स्वाब परीक्षण गरिएका खेलाडीसहित ३४ जना सदस्यकै रिपोर्ट नेगेटिभ आएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । खेलाडीमा कोरोना नदेखिएपछि भोलिदेखि नै मैदानमा अभ्यास गर्ने भएका छन् । नेपालले पहिलो मैत्रीपूर्ण खेल कात्तिक २८ गते र दोस्रो खेल मंसिर २ गते खेल्नेछ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर