• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

कोरोनाको बहानामा पत्रकारलाई पेशाबाटै बञ्चित ! पेशागत सुरक्षाका लागि वृहत ऐक्यवद्धता प्रदर्शन

२०७७ असार २५, बिहीबार १२:३३
कोरोनाको बहानामा पत्रकारलाई पेशाबाटै बञ्चित ! पेशागत सुरक्षाका लागि वृहत ऐक्यवद्धता प्रदर्शन

 काठमाडौं / कोरोना भाइरस माहामारीको कारण पेशाबाट निस्काशन गरिएका तथा पारिश्रमिकबाट बञ्चित श्रमजिवी पत्रकारको हितमा नेपाल पत्रकार महासंघले आज काठमाडौंको बबरमहलमा श्रमजिवी पत्रकारको पेशागत सुरक्षाका लागि वृहत ऐक्यवद्धता प्रदर्शन आयोजना गरेको छ।

कार्यक्रमलाई सम्बोधनगर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले हालको अवस्थामा पत्रकारहरुलाई पेशागत संकट परेको बताउनुभयो । उहाँले  कोरोनाका कारण देखाउदै मिडियाका मालिकहरुले पत्रकारिता गरि बाँच्न पाउने पत्रकारको अधिकार खोसेको बताउनुभयो । उहाँले पत्रकारलाई जागिरबाट निस्काशन गर्ने , बेतलबी बिदामा राख्ने गरेको भन्दै ति समस्या समाधानकालागि महासंघ भोलिदेखिनै त्यस्ता सञ्चारगृहमागई अनुगमनगरी निश्कासित पत्रकारको अधिकार पुनःस्थापित गर्न आन्दोलन गर्ने बताउनुभयो ।

यस्तै महासंघका महासचिव रमेश विष्टले पत्रकारको श्रम शोषण गर्ने सञ्चारगृह बन्द हुदैमा जनता सूचनाको हकबाट बञ्चित नहुने बताउनुभयो । उहाँले पत्रकारको हितका लागि सबै पक्षलाई जानकारी गरेर मात्रै आन्दोलनमा आएको भन्दै सहज ढंगबाट श्रमजीवि पत्रकारको अधिकार स्थापित हुदै भने महासंघ टुलु टुलु हेरेर नबस्ने बताउनुभयो ।

महासंघको पूर्व अध्यक्ष धर्मेन्द्र झाले पत्रकारका कारण करोडपति बनेका मिडियाका मालिकहरुले पत्रकारको पेटमा लात हानेको भन्दै त्यो मान्य नहुने बताउनुभयो ।

प्रेस संगठनका अध्यक्ष महेश्वर दाहालले पत्रकारहरुले हिजोको दिनमा देशको स्वतन्त्रताका लागि लडेको भन्दै आज कोरोनाको बाहानामा पत्रकारको पसिनाको पारिश्रमिक  नदिने मिडियाका मालिकलाई कुनैपनि वाहानामा नछोड्ने धारणा राख्नुभयो ।

नेपाल प्रेस यूनियनका अध्यक्ष बद्रि सिंग्देलले कारोनाको बाहानमा पत्रकारलाई मिडियाका मालिकहरुले सडकमा ल्याएको भन्दै श्रमजीवि पत्रकारको हकहितका लागि सञ्चारगृह मात्रै हैन मिडियाका मालिकको घरमै गएर आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

सञ्चारिका समुहकी अध्यक्ष नितु पण्डितले जनतालाई सु–सूचितगर्ने कार्यमा जस्तोसुकै अवस्थामा खटिएका पत्रकारलाई कोरोनाको बहानामा पेशाबाटै बञ्चित गरिनु अत्यन्तै दुखद भएको भन्दै पत्रकारले श्रमको उचित मूल्य पाउनुपर्ने बताउनुभयो ।

प्रेस नेपालका अध्यक्ष केशव अर्यालले श्रमजीवि पत्रकारकालागि आफ्नो संगठनले पटक पटकआवाज उठाउदै आएको भन्दै मिडियाका मालिकहरुले नाफा कमाउदा महल बनाउने, घाटाको भागिदार श्रमजीवि पत्रकार हुनुपर्ने व्यवस्था खारेजी हुनुपर्ने भन्दै मिडियाका मालिकहरुलाई पत्रकारको श्रमको परिश्रमिक दिन माग गर्नुभयो ।

लोकतान्त्रीक छापामाध्यम राष्ट्रिय सञ्जालका अध्यक्ष दामोदर प्रसाद दवाडीले मिडियाका मालिकले पत्रकारको रोजीरोटि खोसेको भन्दै हिजो उहाँहरुले मिडिया खोल्दा कति सम्पति थियो,आज कति छ,त्यसको छानविन हुनुपर्ने धारणा राख्नुभयो ।



क्रान्तिकारी संगठन नेपालका प्रतिनिधि धनन्जय बुढाले मिडियाका मालिकहरुले पत्रकारमाथि गरिएको श्रम शोषणका विरुद्र हिजोदेखि नै आफ्नो संगठन लागेको भन्दै महासंघको यस अन्दोलनमा ऐक्यवद्धता रहेको बताउनुभयो ।

प्रगतिशिल पत्रकार संघका पूर्व अध्यक्ष नारायण शर्माले श्रमजीवि पत्रकार ऐनको पूर्ण कार्यान्वयनकालागि बषौंदेखि आवज उठाइरहेको अवस्थामा आज त्यही मुद्दामा सबै पत्रकारको साझा मुद्दाका रुपमा लिएर आन्दोलन भइरहेकोमा त्यसमा आफ्ना संगठनको पूर्ण साथ रहने बताउनुभयो ।

कान्तिपुर संयुक्त ट्रेड यूनियनका प्रतिनिधि अर्जुन पाठकले जसरी मिडिका मालिकहरुले श्रमजीवि पत्रकारलाई श्रमशोषणगरि सम्पत्ति कमाएका छन् त्यसको पर्दाफास गर्ने बेला आएको बताउनुभयो ।

जनपत्रकार संगठनकी सचिव सृजना तिम्सिनाले मिडिया मालिकहरुले पत्रकारलाई प्रयोग गर्दै फाइदा उठाउने र संकटका बेला पत्रकारको घाउमा नुन छर्ने काम इतिहास देखि भइरहेको भन्दै त्यसका बिरुद्ध कडा आन्दोलन आवश्यक रहेको बताउनुभयो ।

सम्बन्धित खवर

डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले
अवतरणकै क्रममा पल्टियो हेलिकप्टर : खोटाङमा एयर डाइनेस्टीको ९ एन–एएफक्यू दुर्घटनाग्रस्त, एक जना घाइते
प्रदेश विशेष

अवतरणकै क्रममा पल्टियो हेलिकप्टर : खोटाङमा एयर डाइनेस्टीको ९ एन–एएफक्यू दुर्घटनाग्रस्त, एक जना घाइते

56 years पहिले

ताजा समाचार

डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech