• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

कर्मचारी बढुवा विवादले राष्ट्र बैङ्कमा तनाव
काठमाडौं

२०७७ माघ २५, आईतवार १२:२५

काठमाडौं । कर्मचारी बढुवासम्बन्धी विवादले नेपाल राष्ट्र बैङ्क तनावग्रस्त बनेको छ । कनिष्ठलाई बढुवा गरेको भन्दै नेपाल राष्ट्र बैङ्कका कर्मचारी संगठनहरुले व्यवस्थापनको विरोध गरेपछि राष्ट्र बैङ्कभित्रको विवाद सतहमा देखिएको हो । राष्ट्र बैङ्कभित्र रिक्त उपनिर्देशकको बढुवा गर्ने क्रममा यस्तो विवाद देखिएको हो ।

नेपाल राष्ट्र बैङ्कमा सामान्यतया वरियताको आधारमा बढुवा हुँदै आएको थियो । पदपूर्ति समितिले बढुवाको लागि आवेदन खुला गरेको समयभित्र फाराम भरेकामध्ये छनौट गरिन्थ्यो । विभागीय कारबाहीमा परेकालाई वा बढुवा रोक्का भएकाहरु भने बढुवामा सहभागी हुन नपाउने व्यवस्था थियो ।

यसपटक सो बैङ्कभित्र १५ जना उपनिर्देशक पद खाली थियो । सहायक निर्देशक तहमा कम्तीमा ५ वर्ष योगदान गरेका कर्मचारी यस्तो बढुवाका लागि योग्य मानिन्थे, यसका लागि एक सयभन्दा बढी कर्मचारीहरु योग्य थिए । तर, वरियताकै आधारमा बढुवा हुने भएपछि कतिपय फाराम नै नभरी बसेका थिए । जुनियर नै भए पनि केहीले भने बढुवा प्रक्रियामा सहभागिता जनाएका थिए ।

यसपटक पनि अरु बढुवा पहिलेअनुसार नै भयो । वरियता सूचीमा १५ जनामध्ये एक जनालाई विभागीय कारबाही गरिएको थियो । त्यसकारण ती व्यक्ति प्रक्रियाबाट बाहिर थिए । वैशाखमा ३० वर्षे सेवा अवकाश वैशाखमा अनिवार्य अवकाश पाउँदै गरेका एकजनालाई पनि बढुवा प्रक्रियाबाट वञ्चित गरियो । यी दुई बाहिर रहँदा पनि १६ औं नम्बरसम्मको १४ जनालाई बढुवा गरिएको थियो । १७ औं नम्बरमा बढुवा हुनुपर्ने व्यक्तिको सट्टामा भने ८५ औँ वरियताको व्यक्तिलाई ल्याइएको हो ।

जगदिश कुमारको वढुवा भएसँगै राष्ट्र बैङ्कका सबै कर्मचारी संगठनहरु यसको विरोधमा उत्रिएका छन् । संस्थाभित्र संगठन रहेका नेपाल राष्ट्र बैङ्क कर्मचारी युनियन र नेपाल राष्ट्र बैङ्क कर्मचारी संघ दुवै संस्थाले यसको विरोध गरेका छन् । संघले बढुवालाई मात्रै एजेन्डा बनाएको छ । युनियनले भने वैशाखमा अवकाश प्राप्त गरेकोलाई बढुवा प्रक्रियामा समावेश नगराएकोमा पनि असन्तुष्टि जनाएको छ । यी दुवैको उपयुक्त कारण देखाउन बढुवा समिति र गभर्नरलाई युनियनले आइतबारसम्मको अल्टिमेटम दिएको छ । त्यसो त, कर्मचारी संगठनहरुले पदपूर्ति समितिलाई पनि यसमा मुख्य दोषी मानेको छ । सो समितिको अध्यक्षमा वरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी छन् ।

८५ औं वरियताका कुमार काँग्रेसनिकट नेपाल राष्ट्र बैङ्क कर्मचारी युनियनका सदस्य हुन् । वरियता अनुसार बढुवा भएको भए सो स्थानमा नेकपा निकट व्यक्तिको बढुवा हुन्थ्यो । तर, सिस्टम बिगार्न नदिने भन्दै युनियन पनि त्यसको विरोधमा उत्रियो भने कर्मचारी संघले भने औपचारिक रुपमै गभर्नरलाई विरोधपत्र बुझाएर राष्ट्र बैङ्कभित्रै नाराबाजीमा समेत उत्रिएको छ ।

गभर्नरको सीए मोह !

कर्मचारी संगठनहरु गभर्नरको सीए चार्टर्ड एकाउन्टेन्ट (सीए) मोहका कारण राष्ट्र बैङ्कमा यसरी वरियता मिचिएको आरोप लगाउँछन् । अहिले वढुवामा परेका कुमार सीए पृष्ठभूमिका व्यक्ति हुन् । जबकी राष्ट्र बैङ्कका गभर्नर अधिकारी पनि सोही पृष्ठभूमिबाट आएका राष्ट्र बैङ्ककै क्याडर हुन् । चार्टर्ड एकाउन्टेन्टहरुलाई मात्रै अगाडि ल्याउने उनको शैली कर्मचारीहरुको मनोबलमा निकै घातक सावित हुनसक्ने उनीहरुको चेतावनी छ ।

त्यसो त राष्ट्र बैङ्क बोर्डमा पनि गभर्नर अधिकारी र अर्का सञ्चालक सुबोधकुमार कर्ण सीए पृष्ठभूमिका व्यक्ति छन् । त्यसैले पनि बोर्ड यसमा बढी नै उदार देखिन थालेको आरोप समेत कर्मचारी युनियनहरुको छ । अहिले बैङ्कहरुको सुपरीवेक्षणमा समेत सीएहरुलाई आउटसोर्समा हायर गराउन लागेको हल्ला चलेको छ । यसले बोर्डमा सीएहरुकै बोलवाला तलेको प्रमाणित भएको युनियनहरुको दाबी छ ।

बैंकिङ क्षेत्र बिग्रिने चिन्ता

बैङ्क तथा वित्तीय संस्थालाई यतिबेला आन्दोलन, बन्द, हड्ताल गर्न निषेधित क्षेत्र मानिएको छ । कर्मचारीहरुको सहयोगकै कारण लामो समयदेखि यो क्षेत्र बन्द हड्तालबाट प्रभावित भएको छैन । यसले गर्दा यो क्षेत्र र नेपाल राष्ट्र बैङ्कप्रतिको विश्वास समेत बढ्दै गएको छ ।

देशको राजनीति तरल भएको बेला राष्ट्र बैङ्कभित्र देखिएको यो भाँडभैलोका कारण आन्दोलन र नाराबाजीको क्रम राष्ट्र बैङ्कबाटै सुरु भएको छ । यसले भोलिका दिनमा बैङ्क तथा वित्तीय संस्थामा समेत यस्तो अवस्था देखियो भने यसले वित्तीय क्षेत्रले अहिलेसम्म प्राप्त गरेको विश्वासमै संकट उत्पन्न हुनसक्ने खतरा आउनसक्ने सरोकारवालाहरु बताउँछन् ।

सम्बन्धित खवर

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग
प्रदेश विशेष

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले
प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले
स्टार वडा अध्यक्ष पुस्तक विमोचन
प्रदेश विशेष

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले

ताजा समाचार

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech