Advertisement
☰

प्रदेश सांसद यादव द्वारा मिथिला आर्ट संग्रहालय को शिलान्यास

न्युजडेस्क
२०७८ बैशाख १५, बुधबार १२:४४

संस्कृति संरक्षण अभियन्ता , समाजवादी नेता प्रदेश सांसद रामअशिष यादव ले मैथिली भाषा,साहित्य,कला, संगीत र संस्कृतिको संगम मिथिला आर्ट संग्रहालय को शिलान्यास गर्नुभएको छ। जनकपुरधाम उपमहानगरपालिका वडा नं १७ कनकपट्टी गाउँस्थित ऐतिहासिक सुब्बाजी पोखरी को डिलमा वैदिक परम्परा अनुसार पृथ्वी माताको पूजा गरेर शिलान्यास गर्नुभएको छ।

मुख्य मन्त्री स्वच्छता अभियान कार्यक्रम अन्तर्गत प्रकृति र संस्कृति संरक्षण गर्ने उद्देश्यले ऐतिहासिक सुब्बाजी पोखरी को सौन्दर्यिकरण का साथै हजारौं वर्ष पुरानो मिथिला सभ्यता र संस्कृति को संरक्षण र प्रोत्साहन गर्ने मुख्य उद्देश्य ले मिथिला हस्तकला संग्रहालय को शिलान्यास गरिएको कुरा मुख्यमन्त्री स्वच्छता अभियान का प्रमुख डि ई भगवान झा ले बताउनुभयो।

शिलान्यास कार्यक्रम मा जसपा धनुषा अध्यक्ष पशुपति यादव, वार्ड अध्यक्ष परमेश्वर यादव, जनकपुरधाम उधोग बाणिज्य संघ का उपाध्यक्ष अम्भु प्रसाद साह, नगर अध्यक्ष विष्णु देव साह र तेजनारायण यादव सहित स्थानीय २५ जना सज्जन महानुभावहरु को सहभागिता थियो।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर