Advertisement
☰

सिरहा: मिर्चैया प्रहरी द्वारा १७ लाखको कपडा र गाडी सहित एक जना पक्राउ

न्युजडेस्क
२०७७ मंसिर ४, बिहीबार ०९:१७

सिरहा। कपडाको बिल शंकास्पद देखिएपछि सिरहा प्रहरीले ठूलो परिमाणको कपडा र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ ।

कर्जन्हा नगरपालिका वडा नं.३ स्थित ईलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटेको प्रहरी टोलीले १७ लाख २६ हजार १ सय ७४ रुपैयाको कपडा र पिकअप गाडी र सुनसरीको गढी गाउँपालिका वडा नं.४ का २१ वर्षीय सुर्यलाल उराउलाई पक्राउ गरेको हो । पक्राउ परेका उराउ पिकअप चालक भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) सन्तुलाल प्रसाद जैसवारले बताए ।

पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिमतर्फ जादै गरेकोको पिकअप गाडी रोकी चेकजाँच गर्दा बिल शंकास्पद देखिएका कारण कपडा, गाडी र चालकलाई नियन्त्रणमा लिएको सिरहा प्रहरी प्रवक्ता (डिएसपी) शालिग्राम शर्माले जानकारी दिए ।

उनका अनुसार नियन्त्रणमा लिएको पिकअप गाडी, कपडा र चालकलाई आवश्यक कारवाहीको लागि आन्तरीक राजश्व कार्यालय पथलैया, बारा पठाइएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर