Advertisement

गठबन्धनको पराजित गर्दै धनुषामा यादव पुनः निर्वाचित

न्युजडेस्क
२०७९ मंसिर ८, बिहीबार १०:५०

जनकपुरधाम । जनता समाजवादी पार्टी बाट धनुषा–२ (२) का उम्मेदवार रामअशिष यादव प्रदेशसभा सदस्यमा पुनः निर्वाचित भएका छन् ।

निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका श्यामसुन्दर यादवलाई पराजित गर्दै उनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । यादवले १० हजार ६१४ मत पाउँदा श्यामसुन्दर यादवले ९ हजार ५६६ मत पाएका छन् ।

तेस्रो स्थानमा रहेका नेकपा एमाले उम्मेदवार संजिव कुमार झा रहेका छन् । उनले ९ हजार २०४ पाएका छन् । यस्तै, जनमत पार्टीले ६ हजार ४२४, एकीकृत समाजवादी २६२८, स्वतन्त्र ९५ मत प्राप्त गरेका छन्।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर