Advertisement
☰

वर्दिवास: बालिका हत्या प्रकरण मेयर र डि एस पि को पुत्ला दहन

न्युजडेस्क
२०७७ मंसिर १०, बुधबार १६:३९

बर्दिबास । महोत्तरीको बर्दिबासमा मेयर र  डि एस पि को पुत्ला दहन गरेका छन् ।  

बालिकाको हत्यारालाई कारवाहीको माग गर्दै गर्दा भएको आन्दोलनमा प्रहरीले चलाएको गोलीले मृत्यु भएका संजय न्यौपानेलाई सहिद घोषणा गर्नु पर्ने माग राख्दै आन्दोलनकारीहरुले मेयर विदुर कुमार कार्की र ईलाका प्रहरी कार्यालय बर्दिबासका  डि एस पि राजन चपागाइको पुत्ला दहन गरेको हो । 

त्यसअघि आक्रोशित आन्दोलनकारीहरुले बर्दिबास नगरपालिका कार्यालय अगाडी नारा जुलुस गर्दै सो पुत्ला दहन गरेर बर्दिबासको परिक्रमा गरेका छन् । आन्दोलनका घाइतेलाई उपचार तथा क्षतिपुर्ती दिनु पर्ने, आन्दोलनमा गोली चलाउन निर्देशन दिनेलाई तुरुन्त निलम्ब गरेर बर्खास्त गर्नु पर्ने, बालिकाको हत्यारालाई कडा कारवाही हुनु पर्ने, आन्दोलनकारीले सरकारसंग माग गरेको छ । 

आईतबारबाट हराएकी महोत्तरीको बर्दिबास– १४  स्थित शुभम् बस्तीकी ६ बर्षीय गुलाब साह खातुनको शव सोमबार मध्यराती भेटिएको थियो । बालिका हत्याको आरोपमा गौशाला–५ का अरुण साहलाई प्रहरीले पक्राउ गरिसको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर