Advertisement

जसपा नेपाल निकट समाजवादी विद्यार्थी युनियन नेपालको प्रथम राष्ट्रिय महाविधेशन भैरहवामा सुरु

न्युजडेस्क
२०८१ चैत्र २३, शनिबार १६:११

रुपन्देही, चैत २३ गते। जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) निकट समाजवादी विद्यार्थी युनियनको प्रथम राष्ट्रिय महाविधेशन लुम्बिनी प्रदेशको भैरहवामा सुरु भएको छ।

महाविधेशनको उद्घाटन जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले गरेका थिए, जसको अध्यक्षतामा विद्यार्थी युनियनका अध्यक्ष रमेश यादवले कार्यक्रम सञ्चालन गरे। उद्घाटन सत्रमा प्रमुख अतिथिहरुका रुपमा महासचिव एवं मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत, महासचिव एवं लुम्बिनी प्रदेश इञ्चार्ज रामकुमार शर्मा, जसपा नेपालका केन्द्रीय सदस्य एवं पार्टीको युवा, विद्यार्थी तथा खेलकुद विभाग प्रमुख विन्देश्वर यादव (बिक्की) लगायतका नेताहरु उपस्थित थिए।

यो महाविधेशनको माध्यमबाट युनियनका नयाँ नेतृत्व चयन गरी आगामी योजनाहरु र उद्देश्यहरुमा छलफल हुने छ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर