Advertisement
☰

ओस्कर अवार्ड दुई महिना पछि हुने

द प्रदेश टाइम्स
२०७७ असार २०, शनिबार १६:०६

काठमाडौं – संसारभर फैलिएको कोभिड–१९ का कारण ओस्कर अवार्ड दुई महिना पछि सरेको छ। यसअघि फेब्रुअरीमा हुँदै आएको अवार्ड दुई महिना पछि सरेर अप्रिलमा पुगेको छ। ओस्करको ९३औं संस्करण आउँदो साल अप्रिल २५ का लागि तय भएको छ।

संसारभर फैलिएको महामारीका कारण ओस्करले अवार्ड आयोजनाको मिति मात्र होइन, केही नियम पनि परिवर्तन गरेको छ। नेपालको ओस्कर कमिटीलाई पठाइएको सूचनाअनुसार यो साल फिल्म पठाउने समयसीमा दुई महिना पर धकेलिएको छ। अघिल्ला वर्षमा अक्टोबर अन्तिमसम्म फिल्म पठाइसक्नुपथ्र्यो भने यो साल डिसेम्बर ३१ सम्म ओस्करका लागि फिल्म पठाइसक्नुपर्ने प्रावधान राखिएको छ। महामारीका कारण रिलिज गर्ने समयसीमा तोकेर पनि रिलिज हुन नसकेको फिल्मका लागि पनि यो साल ओस्कर अवार्ड लचिलो बनेको छ।

अघिल्ला वर्षमा कुनै पनि फिल्म हलमा रिलिज भएर हलमा हप्ता दिनसम्म चलेकै हुनुपर्ने नियम थियो। तर, यो साल यसरी हलमा रिलिज हुन नसकेका फिल्मले पनि ओस्करको प्रतिस्पर्धामा सामेल हुन पाउनेछन्। यसका लागि सम्बन्धित फिल्मले सरकारबाट मान्यता प्राप्त सिनेमा हलबाट फिल्म रिलिज रोकिएको पत्र ओस्कर कमिटीलाई बुझाउनु पर्नेछ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर