प्रेम नारायण यादव
द प्रदेश टाइम्स / वीरगञ्ज पर्साको सखुवा प्रसौनी गाउँपालिकामा आयोजित पार्टी प्रवेश कार्यक्रममा ७१६ जना जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
समितिद्धारा औराहामा आयोजित बृहत पार्टी प्रबेश कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि ७१६ जना जनता समाजवादी पार्टीमा प्रबेश गरेको प्रेम नारायण यादबले जानकारी दिए । उनका अनुसार पार्टी प्रबेश गराउदै बरिष्ट नेता पुर्व प्रधानमंत्री डा. बाबुराम भट्टराई र पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले नव प्रवेशीहरुलाई स्वागत गरे ।
पार्टी प्रवेश कार्यक्रममा कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठ, प्रदेश २ का मुख्यमंत्री लालबाबु राउत लगायतका नेता तथा कर्याकर्ताहरुको पनि उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्