काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा सम्बोधनका क्रममा रोष्टममै थुकेका छन् । आइतबार बसेको राष्ट्रिय सभाको सातौं अधिवेशनको तेश्रो बैठकमा प्रधानमन्त्री ओलीले रोष्टमको भूँइतिर फर्किएर थुकेका हुन् ।
प्रधानमन्त्री ओली परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली जनवरी १४ तारिखमा भारत भ्रमणमा जाने कुराको बिषयमा जानकारि गराइरहेका थिए । उनी भारतीय विदेश सचिव, भारतीय सेनापति नेपाल भ्रमण नेपाल गएको, नेपालबाट ऊर्जा सचिवपनि भारत भ्रमणमा गएर उपलब्धीमुलक भएको बताइरहेका थिए ।
आइतबार बिहान आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक डाकेर राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्यको सिफारिस राष्ट्रपतिलाई बुझाएर राष्ट्रिय सभामा सम्वोधनका लागि प्रधानमन्त्री ओली राष्ट्रिय सभा पुगेका थिए ।
यो बिषयमा अहिले नागरिक स्तरमा चर्को आलोचना समेत भइहेको छ । अरुलाइ संस्कार र संविधान सिकाउने प्रधानमन्त्री आलीले नै राष्ट्रिय सभाको अपमान गरेको भन्दै विचार तथा धारणाहरु सार्वजनिक भइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्