Advertisement
☰

आज ७२ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस

न्युजडेस्क
२०७७ मंसिर २५, बिहीबार १५:०१

काठमाण्डाै – महामारीमा मानव अधिकार : स्वास्थ्य सेवामा सबैको पहुँच विस्तार भन्ने राष्ट्रिय नाराका साथ देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

सन् १९४८ डिसेम्बर १० तारिखमा संयुक्त राष्ट्रसंघको महासभाले मानवअधिकारको विश्वव्यापी घोषणा पत्र जारी गरेको दिनको सम्झनामा हरेक वर्ष आजकै दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । नेपालको संविधानले मानवअधिकारको सम्मान, संरक्षण, सम्वर्द्धन र प्रभावकारी कार्यान्वयनलाई सुनिश्चित गरेको छ । तर, मानवअधिकार रक्षाका प्रभावकारी काम हुन सकेको छैन ।

पछिल्लो समय सरकारले बलात्कार र एसिड आक्रमण गर्ने गराउने विरुद्ध ल्याएको कडा कानुनले केही आशा भने देखाएको छ । तर सशस्त्र द्वन्द अनि त्यसपछिको सङ्क्रमणकालमा पीडित भएका धेरैले न्याय नपाउँदा नेपालमा मानव अधिकारको बलियो जग बस्न बाँकी नै छ ।

शक्ति र राजनीतिक आडमा दोषीलाई कारबाही नहुँदा पीडित थप पीडामा पर्ने गरेका छन्  ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर