Advertisement
☰

प्रदेश २ मा पत्रकार महासंघ सदस्यता विवाद समाधानकाे लागि कार्यदल गठन

न्युजडेस्क
२०७७ मंसिर २६, शुक्रबार २३:०९

सिमरा । नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ को बैठक बाराको पर्यटकिय क्षेत्र अम्लेखगंजस्थित हात्तिसारमा सम्पन्न भएको छ ।

पत्रकार महासंघ प्रदेश स्तरीय सदस्यताको बारेमा छलफल लगायतको निर्णय गर्न बसेको बैठकले ७ सदस्यीय कार्यदललाई १५ दिन भित्र अन्तिम किनारा लगाउने गरी काम गर्ने निर्णय गर्दे बैठक सम्पन्न भएको हो ।

नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ अध्यक्ष दिपेन्द्र चौहानको अध्यक्षता सम्पन्न बैठकले अध्यक्ष दिपेन्द्र चौहानको अध्यक्षता प्रदेश कार्य समितिका उपाध्यक्ष केसि लामिछाने, महिला उपाध्यक्ष रिंकु मिश्र गायत्री, महासचिव किरण कर्ण,सचिव गुरुप्रसाद गौतम, समाबेशी सचब आरएन विस्वास, कोषाध्यक्ष प्रविन साह रहेको सात सदस्यिय कार्यदल गठन गरेको हो ।

प्रदेशका सबै जिल्ला समितिको बैठक बस्ने उद्धेश्यका साथै पर्यटन प्रवद्धनमा सहयोग हुने गरी नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ ले बाराको अम्लेखगंजमा यो बैठकको आयोजना गरेको हो । प्रदेश नम्बर २ कै एक मात्र राष्ट्रिय निकुञ्जकोरुपमा रहेको यस निकुञ्जमा हाती सवारी मुख्य पर्यटन आकर्षणको रुपमा रहेको छ ।

बैठकमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्यहरु अवधेश झा,शलेन्द्र झा,देवकुमार यादब,प्रदेश समितिका सल्लाहकार बिरेन्द्र रमण लगायतकाका कार्यसमितिको उपस्थिती रहेको थियो ।

बैठक आयोजना हुदाको सम्पूण खर्च लगायत सहयोग नेपाल पत्रकार महासंघ बारा शाखाले गरेको हो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर