Advertisement

लागु औषधसहित युवक पक्राउ

न्युजडेस्क
२०७८ चैत्र ३०, बुधबार १०:४५

पर्सा । प्रहरीले लागू औषधसहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिरी नगरपालिका-७ बस्‍ने २४ वर्षीय बाङचुङ शेर्पा रहेका छन् ।वीरगञ्ज महानगरपालिका वडा १६ बसपार्कस्थित पैदल हिडिरहेका उनलालाई प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले १२८ एम्पुल डाइजेपाम, २८ एम्पुल नूफिन, १२६ एम्पुल फेनेरगन र १०० एम्पुल बुप्रिनूफिन गरी जम्मा ३८२ एम्पुल लागु औषध बरामद गरेको छ ।

पक्राउ परेका उनीमाथि लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर