Advertisement
☰

काठमाडौँमा जेठ १३ गतेसम्‍म निषेधाज्ञा थप्‍ने निर्णय अब बिहान १० बजेसम्‍म पसल खुल्‍ने

न्युजडेस्क
२०७८ बैशाख २८, मंगलवार १३:४६

काठमाडौँ : काठमाडौँ उपत्यकामा १५ दिन निषेधाज्ञा थप्‍ने भएको छ । मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा १५ दिन थप्‍ने निर्णय गरेको हो ।

काठमाडौँ जिल्‍ला प्रशासन कार्यालयका प्रमुख कालीप्रसाद पराजुलीले आजको बैठकले जेठ १३ गतेसम्‍म निषेधाज्ञा थप्‍ने निर्णय भएको इकागजलाई जानकारी दिए । उनका अनुसार पहिला बिहान ९ बजेसम्‍म मात्रै पसल खुलाउन पाउनेमा अब बिहान १० बजेसम्‍म पसल खुलाउने पाइनेछ ।

उपत्‍यकाभित्र अत्यावश्यकबाहेकका सम्‍पूर्ण कार्यालय बन्‍द गर्ने र नीजि निर्माणका सामाग्री लिन प्रयोग गर्ने सवारी साधन पनि चलाउन नपाइने प्रमुख पराजुलीले बताए ।काठमाडौँ उपत्यकामा बैशाख १६ गतेदेखि २२ गतेसम्‍म निषेधाज्ञा लागू भएको थियो । २२ गतेदेखि बैशाख २९ गतेसम्‍म दोस्रो पटक म्याद थप गरिएको थियो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर