Advertisement
☰

कक्षा ११ को पनि परीक्षा नहुने

द प्रदेश टाइम्स
२०७७ असार २१, आईतवार १३:५८

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण यस वर्ष कक्षा ११ को पनि बोर्ड परीक्षा नहुने भएको छ ।

यो परीक्षा वैशाख २१ गतेबाट गर्ने तय भएको थियो ।

यसअघि कोरोना संक्रमणको जोखिमका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि नगर्ने निर्णय भएको थियो । अब कक्षा ११को पनि परीक्षा नलिइ आन्तरिक मूल्यांकनबाट विद्यार्थीहरुलाई प्रमाणपत्र दिइनेछ ।

विद्यार्थीहरुको आन्तरिक मूल्यांकन कसरी गर्ने भनेर कार्यविधि बनाउने जिम्मा राष्ट्रिय परीक्षा बोर्डलाई दिइएको छ । कार्यविधि अनुसार सम्बन्धित कलेजलहरुले विद्यार्थीहरुलाई अंक प्रदान गर्नेछन् ।





तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर