Advertisement
☰

काठमाडौंमा आन्दोलनरत उखु किसानहरुको समर्थनमा जनकपुरधाममा रेल अनशन

न्युजडेस्क
२०७७ पुष ३, शुक्रबार २१:२८

जनकपुरधामको जनक चौकमा स्थानीय युवा विद्यार्थीहरुले रिले अनशन सुरु गरेका हुन्। उखु किसानहरुले लामो समयदेखि चिनी मिलका मालिकहरुबाट भुक्तानी पाएका छैनन्।

उखु किसानहरुले रकम भुक्तानीको माग गर्दै पटक पटक आन्दोलन गर्दै आएका छन्।हाल काठमाडौंमा चरणबद्ध आन्दोलन भइरहेको छ।यता जनकपुर र बीरगञ्जका युवाहरुले प्रदर्शन गरेका हुन्।

जनता समाजवादी पार्टी (जसपा) का युवा नेता किसान साहका अनुसार जनकपुरधाममा रिले अनशन जारी रहेको छ। उखु किसानहरुको रकम भुक्तानी नभएसम्म युवाहरु प्रत्येक दिन एक घण्टा अनशन गर्ने छन्। सथै अन्सनमा जसपा का केन्द्रिय सदस्य बिभा ठाकुर, सरिता शर्मा, युवा नेता सदिक सिदिकी ॐ प्रकाश साह लागाईत दर्जनौं युवाहरुको सहभागीता थियो।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर