• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

बलिदानी दिवसलाई कसरी सम्झने: दिपेन्द्र झा

२०७७ माघ ५, सोमबार २१:०९

नेपालको अन्तरिम संविधानमा संघीयता समावेश नभइकन संविधान जारी भएपछि मधेसीहरुले माईतीघर मण्डलवाट सुरुवात भएको मधेश जनविद्रोहको क्रममा २०६३ को माघ ५ अर्थात आजैको दिन रमेश महतोको लहानमा बलिदान भएको थियो । माओवादी कार्यकर्ताले चलाएको गोली लागेर १७ वर्षीय रमेश महतो मारिएपछि त्यसपछि आगो झैं सल्किएको आन्दोलनले हरेक मधेसीहरुलाई आन्दोलित बनाएको थियो । राज्यको संयन्त्रबाट डराउने र सुरक्षाकर्मी देख्दा घरभित्र लुक्ने मधेसी महिलाहरु पनि हातमा कुचो लिएर सडकमा आएका थिए, राज्यबाट शदियौंदेखि भएको भेदभावको विरोध गर्न । रमेश महतोको शहादतले दर्जनौं अन्य मधेसीलाई भेदभावविरुद्ध लड्न प्रेरणा दिएको थियो । पहिचान, समावेशिता, समान प्रतिनिधित्व र समानताको अधिकारको लागि मधेसमा सम्भवतः उठेको सबैभन्दा शाक्तिशाली आन्दोलन नै यही थियो । यही आन्दोलनले अन्तरिम संविधानको धारा १३८ मा संघीयतालाई प्रत्यभूत गरेको थियो ।
प्रथम मधेस आन्दोलन नै दोस्रो र तेस्रो मधेस आन्दोलनको प्रेरणा स्रोतको रुपमा रह्यो । मधेस आन्दोलनका कारण नै आज मधेसीहरुले काठमाडौं र अन्य पहाडी भेगमा निर्धक्कसाथ आफ्नो भाषामा कुरा गर्न सक्छन् । मधेस आन्दोलनकै कारण आज मधेसीहरुले शदियौंंदेखि काठमाडौं र पहाडी क्षेत्रमा भोग्ने भेदभावमा कमी आएको छ । मधेसीहरुले आफ्नो पहिचान, समावेशिता र समान अधिकारको लागि अझै पनि ठूलौ संघर्ष गर्न बाँकी नै छ । तर मधेस आन्दोलनकै कारण मधेसीहरु समान नेपाली हुन पाएका छन्। पञ्चायत कालमा र २०४६ को वहुदलपछि पनि मधेसीहरुलाई काठमाडौंमा धोती, भैया र भारतीय भनेर हेप्ने चलन व्यापक थियो । गजेन्द्र नारायण सिंहले नेतृत्व गरेको सदभावना पाटीैले खुलामञ्चमा आयोजना गरेको कार्यक्रममा ढुंगा हानिएको र ऋतिक रोशन घटना प्रकरणमा मधेसीहरुलाई आक्रमणको शिकार बनाएको घटना अझै पनि हाम्रो मानसपटलमा ताजै छ ।
२०६२÷६३ को जनआन्दोलनपछि भएको मधेस आन्दोलन मधेसीहरुले देशभित्र शदियौँ देखि भोग्दै आएको भेदभाव र अपमानविरुद्धको भावनात्मक विस्फोट थियो । बलिदानी दिवसलाई हामीले यसरी सम्झ्नु उचित हुन्छ । अन्तरिम संविधान पछि बनेको नेपालको संविधान, २०७२ मा धेरै कमजोरीहरु रहेका छन् । खासगरी संघीयता, समावेशिता पहिचान र समान प्रतिनिधित्वको क्षेत्रमा तर पनि यो संविधानले मधेसी र पछाडि परेका अन्य वर्ग तथा समूहहरुलाई माथि उठाउनका लागि केही सकारात्मक व्यवस्थाहरु अंगीकार गरेको छ । अहिले भएको उपल्ल्बध जोगाउने र सँर्घष जारी राख्ने हो ।
आज राज्यका सबै अंगहरुमा मधेसीहरुले समानुपातिक प्रतिनिधित्व प्राप्त गर्न सकेको छैन, तर जे भए पनि हिजोको भन्दा आज सरकारी अड्डाहरुमा मधेसी अनुहारहरु केही संख्यामा देखिन थालेका छन् । हिजोको भन्दा आज संसदमा मधेसी प्रतिनिधिहरुको संख्या आज बढी छ । हिजोको भन्दा आज मधेसी महिला र अन्य महिलाहरुको प्रतिनिधित्व राज्यका तीनै आंगमा बढेको छ ।
मधेस आन्दोलनपछि राज्यका तीन मुख्य जातीय समूहहरुमा –पहाडी, जनजाति तथा मधेसी समुदायमा अब मधेसी समुदायलाई वेवास्ता गरेर राज्य आगडि बढ्न सक्दैन । मधेसी समुदायले आफ्नो अधिकार प्राप्त गर्नको लागि दृढतापूर्वक अभिव्यक्त गर्नमा पनि बलिदानी दिवस र मधेस आन्दोलनको योगदान छ ।
तर मधेस आन्दोलनले परिकल्पना गरेको पहिचान, समान अधिकार र समावेशिता अझै पनि मधेसी, जनजाति, दलित, महिला र बन्चितीकरणमा परेका समाजका अन्य वर्ग र समुदायले पाइसकेका छैनन् । सँर्घष र मधेश बलिदानीले लाएको संघियता मुलधारेहरुको नकारात्म रवैयाका कारण ठूलो चुनौती अझै कायम छ । प्रदेशहरुलाई अधिकार नदिने चुनौती अझै पनि कायम छ । अर्कोतिर मधेसीहरुले समानुपातिक प्रतिनिधित्व अझै पनि पाउन सकेको छैन । वर्तमान संविधानले अन्तरिम संविधानको संख्याभन्दा बढी जातीय र वर्गीय कलस्टर थपेका कारण मधेसीहरुको समानुपातिक प्रतिनिधित्वमा असर पर्ने देखिन्छ । अर्कोतिर आन्दोलनले मधेसीहरुको भाषिक स्वायत्तताको कुरा उठाए पनि केन्द्र र प्रदेशमा भाषिक वुहलताको अवस्थामा अझै पनि ुचनौती कायम नै छ । नागरिकताको सवालमा नयाँ कानून नबनेको कारण नागरिकहरु वर्षौदेखि नागरिकता पाउनबाट बन्चित नै रहेका छन्, अर्कोतिर नेपालको संवैधानिक इतिहासले आजसम्म नलगाएको संवैधानिक बन्देज वर्तमान संविधानले अंगीकृत र जन्मसिद्ध नागरिकहरुलाई लगाएको छ । यी कुराहरुमा मधेसी र अन्य जोकोही पनि जो समानता र समावेशी लोकतन्त्रको पक्षधरहरु थप अधिकार पाउनको लागि आगामी दिनहरुमा एकवद्ध भएर संघर्ष गर्न जरुरी छ । मधेसीहरुको बलिदानी दिवसलाई दक्षिण अफ्रिकामा नेल्सन मण्डेलाले चलाएको आन्दोलन र अमेरिकामा मार्टिन लुथर किंगले चलाएको आन्दोलनकै स्वरुप हो ।

सम्बन्धित खवर

प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले
स्टार वडा अध्यक्ष पुस्तक विमोचन
प्रदेश विशेष

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले
सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ
प्रदेश विशेष

सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ

57 years पहिले

ताजा समाचार

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले
स्टार वडा अध्यक्ष पुस्तक विमोचन

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech